कालिकोट । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । चालु आब सकिन एक महिना बाँकी हुँदा भन्सार कार्यालयले लक्ष्यको ७७.५७ प्रतिशत राजस्व उठाएको हो।मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात ३।६१ प्रतिशतले घट्दा निर्यात १०।७६ प्रतिशतले वृद्धि भएको छ । उनका अनुसार काँकडभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजार रुपैयाँकोवस्तु निर्यात भएको छ।चालु आर्थिक वर्षको जेठसम्म गत आवको तुलनामा निर्याततर्फ छुर्पी ६५।२९ प्रतिशत, प्लाउड ५६।३३ प्रतिशत, अदुवा ३५।४५ प्रतिशत, अम्रिसो ३१।३४ प्रतिशत र भेनियस सिट १२।५७ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी कँडेलले जानकारी दिए। अलैँची २।६१ प्रतिशत र चिया १३।४२ प्रतिशतले निर्यात घटेको छ।