कालिकोट । अविरल वर्षापछि आएको बाढीले झापाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ ।बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौँ नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरूले बताएका छन् ।आज बिहान आएको बाढीले झापाको कचनकवल गाउँपालिका–५ खुट्टागञ्जमा डुबान भएको छ । कच्ची घरमा पाँच फिटसम्म डुबान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो स्थानको श्रीमलादेवी राजवंशी, कार्तिक राजवंशी, संजय राजवंशी, कुञ्जी राजवंशीको घर डुबान भएपछि उनीहरू विस्थापित भएका छन् ।उनीहरू सोही स्थानका प्रभा राजवंशीको घरमा आश्रय लिएको बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । यसैगरी बिर्तामोड–चन्द्रगढी सडकमा बिजुलीको १० वटा पोल ढलेका छन् । बिजुलीको दुई वटा पोलले कृष्ण श्रेष्ठ र नारायण श्रेष्ठको घरमा क्षति पुर्याएको छ ।