कालिकोट । सङ्घीयता लागु भएदेखि आर्थिक वर्ष ०७९र०८० सम्म प्रदेश सरकारको आन्तरिक आम्दानी जम्मा २ अर्ब २४ करोड १३ लाख ६३ हजार रुपैयाँमात्रै छ । कर्णाली प्रदेशको आफ्नै आयस्रोत छैन ।चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६१ करोड ९७ लाख आन्तरिक आम्दानी उठेको छ । जबकि सरकारले सङ्घीय अनुदानको भरमा यो अवधिमा दुई खर्बभन्दा बढीको बजेट ल्याइसकेको छ । आर्थिक वर्ष ०७९ । ०८० सम्म १ खर्ब ६६ अर्ब ५६ करोड बजेट ल्याएको सरकारले चालु वर्षको ३३ अर्बभन्दा बढीको बजेट ल्याएको छ ।सङ्घीयतामा पनि पूर्ण रूपमा केन्द्रमा निर्भर रहेको, आफ्नो आन्तरिक स्रोत बढावा दिन ध्यान नदिइएको भन्दै प्रदेश सरकारमाथि प्रश्न उठ्न थालेको छ ।