भित्रिएको एक हप्ता हुदा पनि सक्रिय छैन, मनसुन

कालिकोट । नेपालमा मनसुन भित्रिएको एक हप्ता बितिसक्दा पनि सक्रिय हुन सकेको छैन । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक हप्ताभन्दा बढी समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन कोशी प्रदेशमै बढी केन्द्रित रहेको छ ।मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा केही दिनदेखि वर्षा भैरहेको छ । गएरातिदेखि कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी परिरहेको छ । कोशीबाहेकका अरु ठाउँमा भइरहेको वर्षा मनसुनी वायु र स्थानीय वायुको प्रभावले भैरहेको मौसमविद मानन्धरले बताउनुभयो ।

 

error: Content is protected !!