कालिकोट । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा आज मालबहाक रेल र यात्रु बाहक रेल एक आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवेका अधिकारीले बताएका छन्।दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रङ्गापानी रेलवे स्टेसननजिकै स्थानीय समयअनुसार बिहान करिब नौ बजे मालबहाक रेल ‘कञ्चनजङ्घा एक्सप्रेस’ यात्रुबाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।