कालिकोट । तनहुँमा जंगली च्याउ खाँदा पाँचजना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कका डिलबहादुर गुरुङले नजिकैको जंगलबाट ल्याएको च्याउ खान दिँदा परिवारका सदस्य तथा छिमेकी बिरामी परेको प्रहरीले जनाएको छ।बिरामीमध्ये ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीया पम्फी गुरुङको उपचार तनहुँको आबुखैरेनी अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारीले दिएका छन् ।साथै ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङको उपचार नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा भइरहेको बताईएको छ।