कालिकोट । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा देखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी, बाग्मती र कोशी प्रदेशको केही ठाउँमा वर्षा भइरहेको हो ।पूर्वको कोशीमा भित्रिएको मनसुन हिजो बेलुकादेखि बल्ल मधेस प्रदेशको पूर्वी भागमा पुगेकोले अन्य ठाउँमा अहिले भइरहेको वर्षा प्रि–मनसुनकै प्रभाव रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।