नगरसभालाई मध्यनजर गर्दै रास्कोटमा सुझाव संकलन सुरु

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकामा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन कार्यक्रम सुरु भएको छ । आगामी असार ७ गतेबाट सुरु हुने १४ आंैँ नगर सभा लाई लक्षित गर्दै नगरपालिकाले नीति तथा कार्यक्रमका लागि सुझाव संकलन कार्यक्रम संचालन गरेको हो । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीको अध्यक्षतामा संचालन गरिएको सुझाव संकलन कार्यक्रममा उपप्रमुख मनिराज बराल, सवै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सम्पुर्ण शाखाका शाखा प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनितिक दलका प्रमुख प्रतिनिधि, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभावक संधका अध्यक्ष, विभिन्न गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, दलित महिला, बालबालिकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको फोटो पत्रकार टिकाराज उपाध्यायले बताएका छन् । कार्यक्रममा नगर उपप्रमुख मनीराज बरालले गाउँ सभामा प्रस्तुत गरिने अनुमानित बजेट प्रस्तुत गरेका उनले बताए । रास्कोट नगरपालिकाले हरेक बस्ति, वडा र समुदायको आबश्यकतालाई नीति तथा कार्यक्रममा समेट्नका लागि सुझाव संकलन कार्यक्रम राखेको नगर प्रमुख धर्मराज शाही(पोषण)को भनाई रहेको छ ।

error: Content is protected !!