सुधारीएको चुलो पाएका लाभग्राहीलाई तालिम ।

कालिकोट । जिल्लाको महाबै गाउँपालिका वडा नं ३ र ४ मा सुधारीएको चुलो प्रयोग सम्बन्धि तालिम दिइएको छ । इको हिमाल नेपाल र महाबै गाउँपालिकाको साझेदारीमा यस अघि त्यहाँका ५० घरलाई सुधारीएको चुलो वितरण गरीएको थियो । सुधारीएको चुलो प्राप्त गरेका लाभग्राहीलाई चुलो जडान तथा प्रयोग सम्बन्धि १ दिने तालिम दिइएको हो । शविबार इकोहिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल, महाबै गाउँपालिकाकाअध्यक्ष खेम बहादुर सिंह (भिजन), वडा अध्यक्षहरु, प्रशिक्षक, इकोहिमाल नेपालका कर्मचारी तथा चुलो प्राप्त गरेका सम्पुर्ण लाभग्राहीहरुको उपस्थितिमा तालिम उद्घाटन गरीएको कार्यक्रम संयोजक दिपेन्द्र अर्यालले बताए । धुवा जन्ने रोगहरुबाट बच्न, दाउराको खपत कम गरी वन जङगल फडानी रोकेर कार्बन उत्सर्जनको कमी होस् भन्ने उद्देश्यले सुधारीएको चुलो वितरण गरिएको कार्यक्रम संयोजक दिपेन्द्र अर्यालले बताए । जलवायु परिवर्तन न्युनीकरण र अनुकुलन मा सहयोग पुर्याउने, दाउरा कम मात्रामा लाग्ने, धुवा वाहीर नआउने, छोटो समयमा खाना पकाउन सकीने पर्यावरणमा कम असर पर्ने लगाएतका थुप्रै फाइदाहरु हुने भएका कारण नागरीकका लागी सुधारीएको चुलो निकै प्रभावकारी हुने देखीएको छ ।

error: Content is protected !!