“डायरी भित्र कलम”

“डायरी भित्र कलम”
(युवा राजनीति )
“राजनिती” शब्द राज + नीति मिलेर बनेको निकै शक्तिसाली शब्द हो ,जुन एउटा यस्तो हतियार हो जसले सिङ्गो दुनियाँ लाई एउटा नयाँ मुकाम मा लैजान्छ जस्तो लाग्छ । जसले कुनै पनि कुराहरूको सुरुवात संगै अन्त्य पनि गर्छ चाहे त्यो देश होस, देश भित्रको प्रणाली या कुनै राजनितिक ब्यक्ती , शिर्षक पनि कस्तो राख्या होला है । क्या भन्न खोज्या होला भने दोधार हुनु भयो कि ..? राजनीति गर्ने मान्छे र डायरी भित्रको कलमको सम्बन्ध निकै गाढा छ जस्तो लाग्छ प्रायले भन्दा पनि सबै राजनीतिकर्मिहरुले बोकेको देख्छु अनि बोकेको पनि क्या सुहाउँदो देखिने के । मलाइ थाहा छ ! सबै मान्छेलाइ राजनीति सुहाउदैन र राजनीति गर्ने सबैलाइ फेरि डायरी भित्र कलम चाहि सुहाउछ है । गाउँ घर, समाज , देश आदि इत्यादि यि सबै परिवर्तन हुन राजनीतिको विकल्पमा अरु केहि छैन जस्तो लाग्छ नत्र भने कर्मचारीहरु पनि राजनीतिमा आधारित विभिन्न कर्मचारी युनियनका संगठनमा आफुलाई किन होम्नु हुन्थ्यो होला र ? भलै कर्मचारीको हितमा कर्मचारी संग सम्बन्धित संगठन भएता पनि मलाई लाग्छ त्यो राजनीति गर्ने र बुझ्ने एउटा माध्यम हो र सबैलाई अवगत नै छ विभिन्न पार्टीले सम्बन्धित निकायहरुलाइ लक्षित गर्दै संगठनहरुको स्थापना गर्नु भएको छ । जस्तै युवा बिद्यार्थीहरुलाइ लक्षित पार्दै अनेरास्ववियु, ने.वी संघ,अखिल (क्रान्तिकारी), भातृ संगठन आदी इत्यादीको स्थापना भएको छ । जसरी कुनै बालबालिकाको जन्म भएर हिड्ने र बोल्ने भैसकेपछि जिन्दगी बनाउन उसले कापी, किताब र कलम समात्न सुरु गरे झैँ ऊ युवामा परिणत भैसकेपछि गाउँ घर , समाज र देश बनाउने हुटहुटिले हातमा डायरी भित्र कलम बोकेर युवा बिद्यार्थीहरु यस्ता विभिन्न संगठनमा आबद्ध भएर यो स्वार्थको नभइ निःस्वार्थ तवरबाट राजनीति गर्न तल्लीन हुन्छन जसलाई देख्दा निकै हर्षित महसुस हुन्छ तर अर्थहिन राजनितिक कार्यदिशा भन्दा पनि ब्यक्तिगत स्वार्थको लागि मात्रै आफ्नो अमुल्य समय खेर फालेर स्वार्थ राजनीति गरेको देख्दा उत्तिकै तितो महसुस पनि हुन्छ ।

सामान्य तया कहिले काहीँ एक्लै हुँदा सोच्छु म । जिन्दगी साच्चै एउटा यात्रा नै हो जस्तो लाग्छ, यहीँ जिन्दगीको यात्रामा यात्रा गर्दा अरु यात्रा जिन्दगीको यात्राहरु भित्र पर्दा रैछन । हरेक मानिसले आफ्नो जिन्दगीको यात्रामा फरक फरक यात्रा गर्दा बेग्लै किसिमका समस्याहरुको सामना र अनुभव गर्नु पर्छ होला, । त्यस्तै युवा राजनीतिकर्मिहरुले राजनीतिको यात्रा गर्दा कैयौं कुराहरूको सामना गर्दै हातमा डायरी भित्र कलम बोकेर राजनीतिको यात्रालाइ निरन्तरता दिनुभएको छ । सबैलाइ थाहा छ राजनीतिमा सफल भएपछि धेरै मान सम्मान र प्रतिष्ठा छ तर दुःख पनि छ नि है । यो राजनीतिको यात्रामा कैयौं राजनीतिकर्मिको यात्रा गन्तव्यमा नपुग्दै आर्थिक, भौतिक, सामाजिक, साँस्कृतिक, मनोबैज्ञानिक समस्या आएर बिचमै टुङ्गिन्छ होला, कसैको सुरुवाती चरणमै त कसैको उक्त समस्याका बाबजुद पनि निरन्तर होला हुन पनि हरेक सफल राजनीतिज्ञको राजनीति यात्राको सुरुवात बिद्यार्थी कालमै भएको हुन्छ जुन अबस्था परनिर्भर अबस्था हो । यस्तो अवस्थामा आफ्नो भबिस्यलाइ पनि अगाडि बढाउदै गाउँ, घर , समाज र देश बनाउने हुटहुटि बोकेर राजनीतिक यात्रा तय गर्नु हुन्छ र राजनीतिक अभ्यास र राजनीतिक ज्ञ्यान हासिल गर्न विभिन्न ठाउँबाट भोक, तिर्खा, निन्द्रा, हावाहुरी, नजिक, टाढा आदि केही नभनी विभिन्न समारोह, छलफल कार्यक्रम , गोष्ठी, समिक्षा लगायतका कार्यक्रममा दरिलो उपस्थिति गर्नुभएको हुन्छ र भएको पनि देख्छु अनि समस्या , दुःख कष्ठ नआउनु पनि कसरि है । तर राजनीतिक यात्रा तय गरिसकेपछि प्रत्यक्ष होस वा अप्रत्यक्ष जस्तो सुकै अबस्थामा पनि राजनीतिलाइ निरन्तर दिनुहोस, जसले समाज र राष्ट्रलाई एउटा उन्नत बिचारको मार्ग कोर्न सकोस, किनकि एउटा सफल राजनीतिकर्मि जन्माउन हजार जनाले राजनीति गर्नुपर्छ ,बुझ्नुपर्छ र हजारौ कुराहरुको तिलान्जली दिनुपर्दछ । तर के गर्नु राजनीति गरेर सफल भएका अहिलेका राजनीतिज्ञहरुकै कारणले वा उहाँहरुले गरेका कामहरु, निति नियम र उहाँहरुले गरेको नेतृत्वलाइ विश्लेषण गर्दा राजनितिमा धेरैले समस्या या अप्ठ्यारा बाटाहरुको सिर्जना हुनुको साथै राजनीति प्रति नराम्रो भास्यहरुजस्तै (फोहोरि खेल),(लुटिखाने भाडो), (कहिँकाम)नलागेर राजनीतिमा प्रवेश , पावरको अर्को रुप , सुखद जिवन शैलि यापन ,ब्यक्तिगत चरम महत्वाकांक्षा को पराकाष्ठा आदि) पैदा भैरहेका देख्छु जसको प्रत्यक्ष असर आम युवा राजनीतिकर्मिहरुमा र भावी राजनीतिकर्मीहरुमा पर्ने (“गुरु घर बिद्या सर) अहिलेका सफल राजनीतिज्ञहरुले कता कता त्यस्तो अनुभुती गराएको जस्तो लाग्छ तर गाउँ ठाँउ, समाज , देश र जनताको हितमा एउटा निःस्वार्थ तवरले राजनीतिको यात्रा तय गर्नु भएका युवा राजनीतिकर्मिले आम युवा राजनीतिकर्मिहरुको लागि र देशका जनताको हितको लागि यस्ता कपोकल्पित भाष्य तथा भनाइ , निरंकुश प्रणाली र यस्ता खराब आचरणको अन्त्य गर्न जरुरी देखिन्छ नत्र भने बर्तमान परिवेशमा राजनीतिको यात्रालाइ निरन्तर दिइरहनु भएको युवा राजनीतिकर्मिहरुलाइ समस्या आउछ जसको असर तपाईं लगायत पुरै रास्ट्रलाइ पर्न जान्छ जो हामि चाहादैनौ र अर्को कुरा एउटा निस्वार्थ भावना बोकेर राजनीति गर्न तल्लीन भएका कुनैपनि तहका राजनीतिज्ञलाई कदापि आराम महसुस हुदैन, उ भलै सामाजिक तथा शारीरिक रुपमा स्वस्थ देखिएला तर मानसिक रुपमा कहिल्यै स्वस्थ र सन्तुष्ट हुदैन कहिँ न कहिँ सधै अपुग भैरहन्छ किन प्रति मिनेटमा यहाँ विभिन्न क्षेत्रमा नयाँ नयाँ आयाम र बिचारको खोज र सिर्जनाहरुको उत्पादन भैरहेका हुन्छन ।

जुन कुराहरु जनता र राष्ट्रको हितका लागि हुन्छन यि सम्पूर्ण कुराहरुलाइ कार्यन्वन गरेर र जनता सामु प्रस्तुत गर्न राजनीति पाटोबाट मात्र पुरा हुन्छन नत्र निकै कष्ट हुछ । तपाईं युवाहरु जो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीति यात्रामा हुनुहुन्छ उहाँहरुले राजनीतिको यात्रामा अरुले सृजना गर्दिने नराम्रा भास्य, सोच बिचार र चेतनालाई जरैदेखि निर्मुल पार्नुको साथै जब एउटा मानिस विद्वान् हुन्छ तब उस्ले राजनीतिलाइ पनि ग्रहण गर्छ भन्ने कुराहरुको अनुभुती गराइदिनु हुन युवा राजनीतिकर्मिहरुलाई मेरो आग्रह छ । आजको बदलिँदो परिस्थितिमा बर्तमान समय सापेक्ष लाई मध्यनजर गर्दा बिश्व चलायमान छ, आज बिज्ञान र प्रबिधिको छलाङ ले गगन चुमिरहेको अबस्थामा हाम्रा देश बनाउने अपेक्षा गरिएको युबा राजनितीकर्मीहरुमा कुनै निश्चित खाल्डो भित्रको तलाउमा जमेको पानी जस्तो राजनैतिक सँस्कार यताकता पाइन्छ, अर्को सब्दमा भन्नू पर्दा कुवाभित्रको भ्यागुतो जस्तै साघुरो बन्नुले नेतृत्व बिकास र परिबर्तन र शुसानको को मार्गलाइ बिर्सिन सक्न्ने गम्भीर समस्या र चुनौतिहरु थपीएको पाइन्छ, आज को युबा नेतृत्वले बदलिँदो परिवेश सगै आफुलाइ पनि परिमार्जन गर्दै, परिस्कृत गर्दै अध्ययन, अनुसन्धानको दायराको मार्गलाइ निकै फराकिलो बनाइ, ब्यक्तिगत महत्वाकांक्षा लाई केही पर राखेर बास्तबमा नै एउटा उज्यालो यात्राको मार्गमा समाज र राष्ट्र लाई लैजान सक्छ कि सक्दैन भन्ने यो गम्भीर प्रश्नको जन्म भएको छ, यस्तो बिकारल अबस्थामा युबा राजनीतिकर्मिहरु लाई अझै समार र राष्ट्रको भबिस्यप्रती तल्लिन बनाएर सृजनसिलता, पारदर्शीता, एकता, सद्भाव , मेलमिलाप को प्रभावकारीता लाई ध्यानमा राख्दै समाज र राष्ट्र लाई एउटा नया बिन्दुमा पुर्याउने आशा र अपेक्षा नेपाली राजनिती बृतले राखेको छ ।

जब एउटा युवा राजनीतिकर्मि वा अन्य राजनीतिकर्मिहरुको हातमा डायरि भित्र कलम बोकेर कुनै पनि सम्बन्धित समारोहमा वा कहिँकतै देख्छु मनमा महसुस हुन्छ त्यो डायरिमा त्यो कलमले कस्का लागि शब्द कोर्नुहुन्छ होला दुखी, गरिब , पीडित र अन्यायमा परेकाहरुकोलागि कोर्नुहुन्छ होला कि आफ्नो र आफ्नाहरुको लागि कोर्नुहुन्छ होला ? तपाईंहरुलाइ थाहा छ या छैन देश बिकासको निर्माणको लागि पु¥याउने बाधा , राजनीति प्रतीको खराब भाष्यहरु ,खराब चेतनाको मात्र नभइ निरंकुश प्रणालीको पनि अन्त्य र दुखी,पीडित गरिब अन्यायमा पर्नु भएको सहारा, एउटा समृद्ध रास्ट्रको निर्माण, प्रजातान्त्र सहितको लोकतान्त्रको सुरुवात त्यो डायरी भित्रको कलममा यो देश र देश भित्रका जनताले देख्नु भएको छ र प्रतीक्षा पनि गर्नु भएको छ त्यसैले त्यो डायरी भित्रको कलमलाइ सदुपयोग गरेर हरेक राम्रो पक्षको खाका कोरेर कार्यन्वन गर्नुहोला किनकि हरेक कामहरको प्रि–प्लान गर्नु पर्छ राजनीतिकर्मिको प्रि–प्लान गर्ने ठाउँ डायरि र कलम हो त्यो सानो पनि हुन सक्छ ठुलो पनि ! विभिन्न ठाउँबाट राजनीति गर्नुहुन्छ त्यहाँका जनताले पनि तपाईंहरुबाट यस्तै आशा बोक्नु भएको छ त्यसैले कहिल्यै निराश नगर्दिनु होला र सफल राजनीतिकर्मि भैसकेपछि आफ्नो सिद्धान्त र धरातललाई पनि कहिल्यै नबिर्सिदिनु होला । सातै प्रदेशका हातमा डायरी भित्र कलम बोकेर हिड्ने राजनितिकर्मिहरुलाइ शुभकामना छ हजुरहरुको राजनीतिक यात्रा सफल होस ।
निःस्वार्थ राजनीति होस !
एक शुभ चिन्तक !
रबिन्द्र शाहि “भिजन”

error: Content is protected !!