कालिकोट । सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० जनाभन्दा धेरैको मृत्यु भएको छ । परोपकारी संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स ले अल–फाशरमा भएको पछिल्लो लडाइँमा दुई सय २० जना भन्दा धेरै मारिएका र एक हजार चार सय जना घाइते भएका जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।निरन्तरको हवाई आक्रमण र गोलाबारीका कारण घाइतेले उपचार पाउनसमेत सकिरहेका छैनन् । एमएसएफका आपत्कालीन कार्यक्रमका प्रमुख मिसेल–ओलिभियर लाचाराइटले अल–फाशरमा अवस्था अराजक बनेको बताउनुभएको छ ।