कालिकोट । वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर घटाएका छन् । जेठ महिनामा औषतमा ६ दशमलव ९९ प्रतिशत विन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६ दशमलव ८७ प्रतिशत विन्दुमा झरेको बताइृएको छ ।असारका लागि बैंकहरुको यस्तो निक्षेपको औषत ब्याजदर शून्य दशमलव १२ प्रतिशत विन्दु घटेको हो । त्यस्तै बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव १२९ प्रतिशत विन्दु घटेको छ । ग्लोबल आइएमई बैंक,सिटिजन्स, एभरेष्ट, कुमारी लक्ष्मी सनराइन,पाल एसबीआई, एनआईसी एशिया, एनएमबी, प्राइम, राष्ट्रिय वाणिज्य र सानिमा बैंकले ब्याजदर घटाएका हुन् ।