कालिकोट । क्रिप्टो कारोबारमा संलग्न सिटिइभिटीका २ जना कर्मचारी पक्राउ परेका छन् । सिटिइभिटीको ल्याबभित्र क्रिप्टोसम्बन्धी कारोबार भएको पाइएपछि त्यहाँका कर्मचारीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी)ले जनाएको छ।पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर बस्ने ४० वर्षका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामता रहेका ब्यूरोका प्रहरी उपरीक्षक होविन्द्र बोटगीले बताएका छन्।सिटिइभिटीको प्राविधिक प्रशिक्षण भवनको सूचना प्रविधि ल्याबमा क्रिप्टोसम्बन्धी गैरकानुनी कार्य सञ्चालन भइरहेको पाइएको उनले बताएका छन् ।विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले कम्प्यूटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरमामा क्रिप्टो मिनिङ एप्लिकेसन सञ्चालन भएको पाइएको उनले बताएका हुन्।