कालिकोट । जिल्लाको महाबै गाउँपालिका–७ स्थित श्री राम माध्यामीक विद्यालयमा निमार्ण गरीएको बालमैत्री धारा उद्घाटन गरीएको छ । इकोहिमाल नेपाल र महाबै गाउँपालिकाको साझेदारीमा निर्माण गरीएका धाराको शुक्रबार इकोहिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल, महाबै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह(भिजन), उपाध्यक्ष दानसिंह सेजुवाल, वडा अध्यक्ष नन्दकिशोर चौलागाई(प्रवेश) विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षकहरु लगाएतको उपस्थितिमा बालमैत्री धारा उद्घाटन गरीएको कार्यक्रम संयोजक दिपेन्द्र अर्यालले बताए ।
उनका अनुसार धारा तथा च्याम्वर निमार्णको लागी गाउँपालिकाको १०% जनश्रमदान १०% र बाँकी इकोहिमाल नेपालको ८०% गरी ७ लाख ३ हजार ८ सय ९८ रुपैया कुल लागतमा धारा निर्माण भएको हो । संस्थाले लैङ्गिक मैत्री हिमालयन विद्यालय परियोजना अन्र्तगत महाबै गाउँपालिका र खाँडाचक्र नगरपालीका संग सहकार्य गरेर विभिन्न विद्यालयमा बालमैत्री धारा, बालमैत्री सौचालय निर्माण गरीरहेको छ ।
नेपाल सरकारको निति अनुरुप विद्यालयलाई थ्री स्टार क्षमतामा रुपान्तरण गर्ने कार्यक्रमलाई सहयोग पुगाउने उद्देश्यले बाल मैत्रीधारा निर्माण गर्ने लक्ष लिएको कार्यक्रम संयोजक अर्यालले जानकारी दिएका छन् ।