कालिकोट । नेपाल जीवनस्तर सर्वेक्षणले नसर्ने रोग बढ्दै गएको देखाएको छ । यसअघिको सर्वेक्षणमा ११ दशमलव सात प्रतिशत रहेकामा अहिले यसको अवस्था १८ दशमलव पाँच प्रतिशत पुगेको बताईएको छ । सबैभन्दा धेरै रक्तचापका १९ दशमलव आठ प्रतिशत, पेटसम्बन्धी रोग १४ दशमलव सात प्रतिशत, मधुमेह नौ दशमलव तीन प्रतिशत, श्वासप्रश्वासम्बन्धी रोग आठ दशमलव छ प्रतिशत रहेको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको सर्वेक्षणले सङ्क्रामक रोगमा पनि वृद्धि भएको देखाएको छ । अघिल्लो सर्वेक्षणमा २० प्रतिशत रहेकामा हाल २४ दशमलव नौ प्रतिशत छ ।