कालिकोट ।इजराइलसँगको युद्ध समाप्त गर्न असफल भएको भन्दै गाजावासीले हमासको आलोचना गरेका छन्। घेराबन्दी र संघर्षरत प्यालेस्टिनी क्षेत्रमा शासन गर्ने हमासले आफूहरूको जीवन बर्बाद गरेको उनीहरूको आरोप रहेको छ।‘हमासले प्यालेस्टिनी जनताको विनाशको युद्धमा नेतृत्व गरेको छ’, हमास नेतृत्वको प्यालेस्टिनी लडाकुहरू र इजराइलबीचको आठ महिनाभन्दा लामो युद्धका क्रममा दुई पटक विस्थापित भएका ६७ वर्षीय उम्म अलाले भने, ‘हमासका नेताहरूले यो युद्ध अन्त्य गर्न र प्यालेस्टिनी जनताको पीडा समाप्त गर्न चासो राखेका भए उनीहरू सम्झौतामा सहमत हुने थिए।’नयाँ युद्धविराममा पुग्न भएको ढिलाइका लागि हमास जिम्मेवार छ भनी एएफपीले गाजावासीलाई सोधेको थियो। नोभेम्बरमा एक साताको युद्धविरामबाहेक नयाँँ युद्धविराम बनाउने धेरै प्रयास असफल भएका छन्।