कालिकोट । देशभर उखरमाउलो गर्मी बढेपछि अस्पतालमा ‘लू’का विरामी बढ्न थालेका छन्। विशेषगरी तराईका ठूला सरकारी अस्पतालमा यतिखेर छाला डढेका, लू, ज्वरो र झाडापखालाका विरामीको भीड लाग्न थालेको छ।हाल ४२ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा यतिखेर छाला डढेका, लू, ज्वरो, झाडापखाला जस्ता स्वास्थ्य समस्या लिएर अस्पताल आउने विरामी बढेको अस्पतालले जनाएको छ।यस्ता स्वास्थ्य समस्या लिएर अस्पताल आउने विरामीमध्ये केहीलाई सामान्य उपचार गरेर पठाइने गरे पनि केहीलाई भर्ना गरेर उपचार गर्नुपर्ने खालका विरामी हुने गरेको समेत भेरी अस्पतालका सूचना अधिकारी रिसालले बताए।तराईमा यतिखेर अत्यधिक गर्मी भएका कारण धेरै मानिस प्रायः घरमै जीवनजल पानी, अन्य घरेलु उपचार गरेर बस्ने गरे पनि धेरै गाह्रो भएपछि अस्पताल आउने गरेका र केही विरामीलाई त लूका कारण बेहोस अवस्थामा अस्पताल ल्याइने गरेको डा। दासले बताएका छन्।