सुर्खेतका स्थानिय खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका

कालिकोट । खानेपानीको चरम अभाव रहेको पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाबासीहरु यतिबेला खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।आज उनीहरूले चौकुने गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । रेक्चाका सबैजसो घरधुरीबाट गाउँपालिकाको मुकाम गुटु आएका नागरिकहरूको पिठ्युँमा गाग्रीसहितको डोको र हातमा पर्चा, पम्प्लेट रहेका थिए ।रेक्चा पालिकाको मुकाम गुटुदेखि उत्तरतर्फ करिब चार किलोमिटरको दुरीमा पर्छ । अग्लो पहाडको थुम्कोमाथि समथर मैदानमा रहेको यो गाउँ वर्षौँदेखि पानीको चरम अभावमा गुज्रिरहेको छ । स्थानीय तपेन्द्र क्षेत्रीले खानेपानी सङ्घर्ष समितिको नेतृत्व गरिरहेका छन्, उनी वडा सदस्य पनि हुन् । उनकै नेतृत्वमा यहाँका महिला, केटाकेटीदेखि बुढापाकाहरू आज बिहानै डोको र गाग्री बोकेर आन्दोलन गर्न पालिकाको मुकाम गुट आएका हुन् ।पाँच वर्ष अघिसम्म ११५ घरधुरी रहेको रेक्चामा खानेपानीकै अभावका कारण अहिले ८० घरधुरी छन् । खानेपानी सङ्घर्ष समितिको नेतृत्व गरिरहेका वडा सदस्य तपेन्द्र क्षेत्रीका अनुसार १० वटा कुवामध्ये ८ वटा पुरै अस्तव्यस्त भइसकेका छन् ।

error: Content is protected !!