कालिकोट । ओखलढुङ्गा जिल्ला मोलुङ गाउँपालिका वडानम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ ।५० वर्षीय वडाध्यक्ष कार्कीको हिजो निधन भएको हो । उनी हड्डीको क्यान्सरबाट पीडित भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए । कार्कीका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् ।उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।वडाध्यक्ष कार्कीको निधनको शोकमा मोलुङ गाउँपालिकाले बिहीबार एक दिन गाउँपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ ।