कुवेतमा आगलागीमा परि ४९ जनाको मृत्यु

कालिकोट । कुवेतको मंगफ शहरस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ।गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा धेरैजसो भारतीय र अन्य विदेशी कामदार छन्। उद्धारकर्मीका अनुसार ४९ मृतकमध्ये ३० जनाको पहिचान भइसकेको छ, जसमध्ये अधिकांश भारतीय नागरिक छन्। ज्यान गुमाउनेमा पाकिस्तानी, बंगलादेशी, फिलिपिन्स पनि रहेका छन्।स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त भवनमा १९६ जना कामदार बसेका थिए। कुवेतका आन्तरिक मन्त्रालयका प्रवक्ता मेजर जनरल इद अल ओवेइहानले सरकारी टीभीलाई स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे आगलागी भएको जानकारी दिएका छन्।

 

error: Content is protected !!