कालिकोट । सरकारले बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । विद्युत् निर्यातको लागि सरकारले अन्तिम चरणको तयारी गरिरहेको बताईएको छ। साउनको पहिलो साताभित्र बंगलादेश विद्युत् निर्यात गर्ने कार्ययोजना अनुसारका गृहकार्य भइरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ,बंगलादेशले पनि यसैअनुरूप तयारीको काम गरिरहेको छ। त्यहाँको मन्त्रिपरिषद् अन्तर्गतको सरकारी खरिदसम्बन्धी मन्त्रीस्तरीय समिति ९क्याबिनेट कमिटी अन गभर्नमेन्ट पर्चेज–सीसीजीपी० ले मंगलबार नेपालबाट ४० मेगावाट विद्युत् खरिदको प्रस्ताव स्वीकृत गरेको छ। यसलाई त्यहाँको मन्त्रिपरिषद्ले अनुमोदन गर्न भने बाँकी रहेको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीका अनुसार नेपाल बंगलादेशबीच विद्युत् व्यापारका सन्दर्भमा हालसम्म भएका सबै समझदारीलाई अन्तिम र एकीकृत रूप दिने गरी असारको दोस्रो साता नेपालमा नेपाल(बंगलादेश सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दैछ।