आज पनि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने

कालिकोट । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको बताईएको छ।बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने भएको छ।आज उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।बैठकमा सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

 

error: Content is protected !!