कालिकोट । जिल्लाको महाबै गाउँपालिका वडा नं ३ र ४ मा सुधारीएको चुलो वितरण गरीएको छ । इको हिमाल नेपाल र महाबै गाउँपालिकाको साझेदारीमा ५० घरलाई सुधारीएको चुलो वितरण गरीएको हो । धुवा जन्ने रोगहरुबाट बच्न, दाउराको खपत कम गरी वन जङगल फडानी रोकेर कार्बन उत्सर्जनको कमी होस् भन्ने उद्देश्यले सुधारीएको चुलो वितर गरिएको कार्यक्रम संयोजक दिपेन्द्र अर्यालले बताए । जलवायु परिवर्तन न्युनीकरण र अनुकुलन मा सहयोग पुर्याउने, दाउरा कम मात्रामा लाग्ने, धुवा वाहीर नआउने, छोटो समयमा खाना पकाउन सकीने पर्यावरणमा कम असर पर्ने लगाएतका थुप्रै फाइदाहरु हुने भएका कारण नागरीकका लागी सुधारीएको चुलो निकै प्रभावकारी हुने कार्यक्रम संयोजक अर्याल बताउँछन् । चुलो पाएपछि स्थानीयहरु खुसी भएका छन् ।