कालिकोट । कैलालीमा तेलहन बाली उत्पादनमा वृद्धि भएको छ ।कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा तेलहन बाली खेती गरिएकोमा १३ हजार सात सय ९७ मेट्रिकटन उत्पादन भएको थियो । यसवर्ष १४ हजार ६० हेक्टर क्षेत्रफलमा तेलहनबाली खेती गरिएकोमा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले जानकारी दिएका छन् ।गत वर्षको तुलनामा यस वर्ष दुई सय ३५ मेट्रिकटन बढी तेलहन बाली उत्पादन भएको उनले बताएका छन् । केन्द्रका अनुसार गत वर्ष भन्दा यस वर्ष १९ हेक्टर बढी क्षेत्रफलमा तेलहन बाली लगाइएको थियो ।