वीरगन्जमा गर्योे सशस्त्र प्रहरीले अवैध सामान बरामत

कालिकोट । सशस्त्र प्रहरी बलले पर्साको वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायत विभिन्न ठाउँबाट अवैध गोदाममा छापा मारेर ४४ लाखभन्दा बढीको अवैध सामान बरामत गरेको छ ।प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजाल नेतृत्वको टोलीले भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा अवैध रूपले राखिएको गोदाममा छापा मारेको थियो । सो क्रममा सौन्दर्य क्रिम, मुङ दाल, मोटर पार्ट्स तथा अन्य अवैध सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्रान्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्रान्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेका छन् ।मूल्य बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।

error: Content is protected !!