कालिकोट । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले काँग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भूमिकालाई बलियो बनाएर जाने बताए। उनले सरकारका लागि आफैँ प्रश्ताव आए जाने तर कोशिस गरेर मरिहत्ते नगर्ने जिकिर गरेका छन्।उनले क्रिमिनलाइजेशन इन पोलिटिक्स गम्भीर बनेको बताए। उनले सहकारी मात्रै नभई अन्य धेरै ठाउँहरुमा अख्तियार,निर्वाचन आयोग, सिआईबी लगायतले दुःख दिइरहेको बताउदै दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान नसकिने बताए।उनले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान नसकेसम्म देश बन्न नसक्ने बताएका हुन्।