कालिकोट । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्न आवश्यक रहेको बताएका छन्।आज प्रतिनिधिसभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले अदालतप्रति नागरिकको भरोसा कमजोर हुँदा डेमोक्रेसी प्रतिको भरोसा कमजोर हुने अवस्था सिर्जना भएको बताएका छन्।प्रमुख सचेतक बर्तौलाले अदालतप्रतिको भरोसा जगाउने भनेको न्याय सम्पादनमा प्रभावकारिता, निष्पक्षता र स्वच्छता एवं छिटो न्याय सम्पादन भएको बताए। उनले ढिलो न्याय नपाउनु भनेको न्याय नपाउनुसरह भएको धारणा राखेका छन्।