चीनमा रोजगारी उपलब्ध गराउने उद्देश्यले भर्ती अभियान शुरु

कालिकोट । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले स्नातक तह सकेका विद्यार्थीलाई लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउने उद्देश्यले सय दिने भर्ती अभियान शुरु गरेको छ । सय दिन सम्म चल्ने अभियानको पहिलो हप्तामा चारवटा अनलाइन रोजगार मेलाहरू हुनेछन् ।यसमा लगभग २६ हजार रोजगारदाताले इन्टरनेट, स्वास्थ्य सेवा, वित्त, ऊर्जा र उत्पादन क्षेत्रमा दुई लाख ५९ हजार रोजगारीको अवसर प्रदान गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यस वर्ष चीनमा एक करोड १७ लाखभन्दा धेरै विद्यार्थीहरूले स्नातक गर्न लागेका सन् २०२४ को सरकारी कार्य प्रतिवेदनमा उल्लेख छ ।

 

error: Content is protected !!