कालिकोट । गर्मी चर्किएसँगै देशभरि नै डेंगुका विरामी बढ्दै गएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा को विवरणअनुसार यस वर्ष हालसम्म ७१ जिल्लामा डेंगुका विरामी देखिइसकेका छन्। हालसम्म ७१ जिल्लामा १ हजार १३० जना डेंगुका विरामी भेटिएका छन्।यो अवधिमा सबैभन्दा धेरै संक्रमण काठमाडौँ जिल्लामा देखिएको छ। ईडीसीडीको विवरणअनुसार हालसम्म काठमाडौँमा ११४ जना, झापामा १११ जना, चितवनमा ७३ जना, मकवानपुरमा ५८ जना विरामी भेटिएका छन्।यीबाहेक अरू जिल्लामा डेंगुका विरामीको संख्या ५० भन्दा कम छ तर हालसम्म यस वर्ष डेंगु संक्रमणबाट कुनै पनि विरामीको मृत्यु भएको छैन।