हृदयाघातका कारण लेखा अधिकृत क्षेत्रीको मृत्यु

closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

कालिकोट । वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको हृदयाघातका कारण मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरूले बताएका छन् ।आज बिहान उनी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका थिए । बुलबुले उद्यानमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन थियो । उक्त कार्यक्रमको उद्घोषण उनले नै गरिरहेका थिए ।कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सहभागी उक्त कार्यक्रम समापन पश्चात क्षेत्री त्यहीँ नै बेहोस भएका थिए ।त्यसपछि तत्काल उपचारका लागि उनलाई प्रदेश अस्पतालमा लगेपछी उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।क्षेत्री वीरेन्द्रनगर नगरपालिकामा कार्यरत थिए ।

error: Content is protected !!