कालिकोट । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तको निलम्बन फुकुवा गरेको छ।पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाइएको थियो तर छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिएका छन्।