सामान चोरी गरेको अभियोगमा पोखराबाट दुईजना पक्राउ

कालिकोट । कास्कीको पोखरा महानगरपालिका–१७ घारीपाटनबाट एक करोड भन्दा बढी मूल्यका सामग्री चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीका अनुसार पोखरा महानगरपालिका(२२ घर भई हाल वडा नं. १३ मियापाटनमा बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखा घर भई पोखरा(४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर पक्राउ परेका हुन्।उनीहरूले गत जेठ ११ गते राति पोखरा महानगरपालिका(१७ घारिपाटन स्थित पोखरा हाउजिङ नजिकै लक्ष्मी कान्त शर्माको घर र सोही घरमा डेरा गरी बस्दै आएका कृष्णजी पौडेलको कोठाको ढोका फुटाएर चोरी गरेका थिए। सुनका विभिन्न गरगहना गरेर ४२ तोला, मोबाइल, ल्यापटप, क्यामेरा तथा अन्य सामानसहित नगद तीन लाख ८० हजार गरी कुल एक करोड रुपैयाँभन्दा बढीका सामग्री चोरी भएको कास्की प्रहरीले बताएको छ।

 

error: Content is protected !!