कालिकोट । गत चैतमा उत्पादन गरेको धानले बजार नपाउदा झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन्।केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार २०० रुपैयाँसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका(२ का किसान दुर्गाप्रसाद थापाले बताएका छन्।करिब तीन बिघा क्षेत्रफलमा चैते धानखेती गरेका कचनकवल(३ का अर्का किसान तोयानाथ मिश्रले यो वर्ष २५० मन धान उत्पादन हुने अनुमान गरिएको छ। ‘चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था नरहेको किसान बताउँछन्। मूल्य कम पाए पनि बेच्नैपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि कचनकवल क्षेत्रमा धान उत्पादन वृद्धि भएको छ।
‘