दुई दीनका लागी स्थगित भएको संसद बैठक आज बस्ने

कालिकोट । दुई दिन सम्म स्थगीत भएको संसद बैठक आज बस्ने भएको छ । मन्त्रालयगत बजेट अध्ययन गर्न नपाएको भन्दै २ दिनका लागि स्थगित संसद् बैठक आज बस्ने भएको हो ।बैठक बिहान ११ बजेका लागी बोलाइएको छ। बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल सुरु हुने बताईएको छ। त्यसअन्तरगत आज चारवटा मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।

 

error: Content is protected !!