कालिकोट । जिल्लाको महाबै गाउँपालिका वडा नं ७ राम्नीको सार्वजनिक सुनुवाई तथा वडा भेला कार्यक्रम सम्पन्न भएको छ।आ.व. २०८० ।८१ को प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । वडा मार्फत भएका कामको पार्दर्शिता र जवाफदेहिता तथा वडा स्तरीय सवाल जवाफ सहित सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । वडा मार्फत भएका कार्यक्रम तथा योजना र कामको बारेमा सहभागीहरुले जिज्ञाशा तथा प्रश्न गरेका थिए भने वडा अध्यक्ष, गाउँपालिकाका उपाध्यक्ष, गाउँपालिकाका प्रबक्ता,कार्यपालिका सदस्य अन्य वडा सदस्यले सहभागीले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । वडा अध्यक्ष नन्दकिशोर चौलागाई (प्रवेश) को अध्यक्षतामा भएको सार्वजिनक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि महाबै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवाल, बिशेष अतिथि गाउँपालिकाका प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष शिबराज जैशी (रविकिरण) को रहेको थियो
। सार्वजिनक सुनुवाई कार्यक्रमकमा नेपाली काँग्रेसका प्रतिनिधि, नेकपा एमालेका प्रतिनिधि, नेकपा माओवादी केन्द्रका प्रतिनिधि,नेकपा एकिकृत समाजवादीका प्रतिनिधि सहित अन्य सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु बिद्यालय व्यबस्थापन समिति अध्यक्ष प्रधानाध्यापकले सुझाव सहितको मन्तव्य राखेका थिए। सार्बजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण रेडियो तिला आवाजका प्रबन्धक बिरेन्द्र आचार्यले गरेका थिए । वडा सदस्य कृष्ण प्रसाद अधिकारी स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव मनराज कार्कीले गरेका थिए ।