लामिछाने विरुद्धको मुद्दामा मिसिल झिकाउने आदेश

कालिकोट । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ।न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट निवेदनमाथि सुनुवाइका लागि आवश्यक मिसिलहरू झिकाउने आदेश गरेको हो।सर्वोच्च अदालतका सह(प्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त मुद्दामा जितेन्द्रबाबु राई ९जिबी राई० समेत भएको सहकारी ठगीको मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिइएको छ।

error: Content is protected !!