कालिकोट। जिल्लाको खाडाचक्र नगरपालिका वडा नं १ मान्ममा बाल विवाह , छिटो विवाह, र जवजस्तीकरणी विवाह सम्बन्धी पत्रकार सँग एक दिने कार्यशाला गोष्टी सम्पन्न भएको छ । बाल विवाह सम्बन्धीका सवालहरु माथी छलफल गर्दे गोष्टी सम्पन्न भएको हो । प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा संचालित यस परियोजनाको आयोजनामा जिल्ला स्थीत क्रियाशील पत्रकार हरुसँग बाल विवाह, छिटो विवाह र जवजस्तीकरणी विवाह न्युनिकरण सम्बन्धी गोष्टी संचालन गरिएको थियो । गोष्टीमा सहभागीहरुले बाल विवाहा न्युनिकरण सम्बन्धी गरेका कार्यहरुका साथै अरु बाट बटुलेका अनुभवहरुका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । मानव अधिकार तथा बातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका व्यावस्थापक दिलिप कुमार शाहीले यो परियोजनाले बाल विवाह न्युनिकरण विरुद्धका विभिन्न सचेतना मुलक कार्यक्रम हरुले समुदायमा सकारात्मक प्रभाव पारेको बताउनु भएको थियो । साथै हुरेन्डेक नेपाल कालिकोटका सचिव खडानन्द अधिकारीले यसमा विभिन्न निकायले आवाज उठाईरहदा बाल विवाह केही मात्र कम भए पनी निर्मुल हुन नसकेको भन्दै पत्रकारहरुले निडर भएर यसका विरुद्ध अझै जोड दिनुपर्ने बताउनु भयो । परियोजना संयोजक शिवशंकर उपाध्यायले समाजमा विधवान अवस्थामा रहेका यस्ता कुरिती हरुलाई कम गर्न सबैको भुमिका उत्तीकै महत्वपुर्ण रहेको भन्दै यस विषयमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । हुरेन्डेक नेपाल कालिकोटका सचिव खडानन्द अधिकारीको अध्यक्षता इन्सेक प्रतिनिधि कालि बहादुर मल्ल , पत्रकार महासंघका उपाध्यक्ष नमराज योगी को विषेश आतिथ्यतामा गोष्टी सम्पन्न भएको हो । प्लान इन्टरनेश्नल नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालले विगत लामो समय देखी बाल विवाह न्युनिकरण सम्बन्धी काम गर्दै आईरहेको छ ।