एमालेको पार्टिले छुट्टै भोलेन्टियर नेशनल नेटवर्क बनाउने अध्यक्ष ओलीको घोषणा

कालिकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन्।समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउन पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको अध्यक्ष ओलीले बताएका छन् । एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरुलाई मात्रै भोलेन्टियर्सको रुपमा परिचालन गरेको थियो।आइतवार पार्टी मुख्यालय च्यासलमा उनीहरुको सम्मानमा आयोजित कार्यक्रममा ओलीले पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर काम गर्ने सोच अघि बढाएको बताएका हुन्।उनले त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने दावी समेत गरेका छन्।

error: Content is protected !!