कालिकोट । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले विराटनगरमा सरकारी गाडीमा आगजनी गरेका छन्।विद्यार्थीले विराटनगर महानगरपालिका–१२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आज आगजनी गरेका हुन्।मोरङको रंगेली नगरपालिकाले शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोप लगाउँदै आन्दोलित विद्यार्थीहरूको समूहले आज विहान आयोगको स्कारपियोमा आगजनी गरेका बताईएको छ । दमकलको सहयोगले आगो नियन्त्रणमा लिए पनि आगोले जलेर गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ।चालक र आयोगका उपाध्यक्ष डा .राजेन्द्र अधिकारी सवार गाडी रोकेर विद्यार्थीहरुले आगो लगाएका थिए। नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले गत बिहीवार ६ जना विद्यार्थी पक्राउ गरेको थियो।उनीहरूको रिहाईको माग राख्दै आन्दोलित बनेका उनीहरूले आज एउटा स्कारपियोमा आगजनी गरेका हुन्।