कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका ११ वटा खच्चरको उद्धार

dWoklZrdf~rnsf] hfh/sf]6 lhNnfdf kxf8L ufla;x?df df]6/uf8Lsf] ;]jf gePkl5 3f]8f vRr8 pQd ;fwg ag]sf] 5 . ;dfg cf];f/ kf];f/sf nflu k|d'v ;fwg 3f]8f vRr8 ag]sf] 5 . ;dfg cf];f/ kf];f/ ub}{ vRr8x? t:aL/M /fs]zs'df/ ld> vh'/f -afFs]_

कालिकोट । दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पिङको लट्ठा चुँडिदा फसेका १३ मध्ये ११ वटा खच्चरको उद्धार भएको छ ।सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा ११ वटा खच्चरको उद्धार भएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । उद्धारका क्रममा २ वटा खच्चर मरेका छन् । फसेका खच्चरलाई पुलबाटै उद्धार गर्न सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा खसालेर उद्धार गरिएको हो ।आज बिहान अछामको पञ्चदेवलबाट दैनिक उपभोग्य सामग्री लिन दैलेखको राकम बजार आउँदै गरेका खच्चर झोलुङ्गे पुलको एकतर्फको लट्ठा चुँडिदा पुलमै फसेका थिए । पुलको लट्ठा चुँडिदा दुई जिल्लाको आउजाउ पनि बन्द भएको छ ।

error: Content is protected !!