आज बाह्रौं राष्ट्रिय कृषक दिवस कार्यक्रम गरि मनाइँदै

कालिकोट । आज बाह्रौं राष्ट्रिय कृषक दिवस एक कार्यक्रम गरि मनाइँदै छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते दिवस मनाउने गरिएको छ । २०७० सालदेखि मनाउन शुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान गर्ने समेत गरिएको छ ।उत्पादनका आधार किसानको सम्मानलाई केन्द्रमा राखेर दिवस मनाउन राष्ट्रिय कृषक महासङ्घ नेपाल, राष्ट्रिय कृषक दिवस व्यवस्थापन समितिले आग्रह गरेको छ । नेपाल कृषि प्रधान देश भए पनि आयात गरेर खाद्यान्नको माग धान्नुपर्ने अवस्था छ । युवाशक्ति विदेशिने क्रम बढेसँगै खेतीयोग्य जमिन बाँझै रहन थालेका छन् ।किसानले समयमै मलबीउ नपाउने, सिँचाइको अभाव, आधुनिक कृषि औजारको प्रयोग र पहुँच, कृषि प्राविधिक पर्याप्त नहुन, उत्पादन भएको उपजले बजार र उचित मूल्य नपाउनु जस्ता समस्या भोग्दै आएका छन् ।

 

error: Content is protected !!