कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शन

कालिकोट । कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वी नेपालको विराटनगरमा प्रदर्शन गरेको छ । अस्ती राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमान्डले प्रदेशको संरचना पुनः संशोधन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्ति मोर्चाका संयोजक राजेन्द्र महतोले कोशीले पहिचान मागेको नभई लिम्बू, खम्बु, कोचिला, मधेसका जनताले पहिचान मागेको बताएका छन् । महतोले राष्ट्रिय मुक्ति क्रान्तिले शान्तिपूर्ण आन्दोलन गर्दै नेपाललाई सबै नेपालीको राज्यको रूपमा स्थापित गर्ने उनको भनाइ थियो ।

 

error: Content is protected !!