कालिकोट । इजरायलले हमासको नियन्त्रणमा रहेका चार जना बन्धकलाई आफ्नो सेनाले जीवितै उद्धार गरेको जनाएको छ।संयुक्त राष्ट्रसङ्घद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमण पछि इजरायललाई कालो सूचिमा राखिरहेकै बीच इजरायलले सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेको छ।इजरायली सेनाले भने उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ जना मारिएको बताएको छ। त्यसैको सिलसिलामा इजरायली सेनाले हमास नियन्त्रणमा रहेका बन्धकहरुलाई मुक्त गरेको जनाएको हो।
।