राज्यका सबै निकायमा शुद्धिकरण अभियान थालिने अर्थमन्त्री पुनको दाबी

कालिकोट । अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान संचालन गर्ने बताएका छन्।आज काठमाडौँमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान थालिने दाबी गरेका हुन् ।उनले सरकारले भ्रष्टाचारको सफाइ गर्न खोजेको बताउँदै भ्रष्टाचारको सम्बन्धमा फाइल उठाउने कर्मचारी र स्वीकृत गर्ने कर्मचारीलाई कारबाही नगरी बीचका कुनै कर्मचारीलाई कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै आफूहरूले त्यसको अन्त्य गर्ने बताएका छन्।

 

error: Content is protected !!