रास्कोट नगरपालिकाको ९ नम्बर वडालाई पनि बाल बिबाह निषेधित वडा घोषणा

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका ९ नम्बर वडालाई बाल बिबाह निषेधित वडा घोषणा गरिएको छ । नगरपालिकाको बाल संरक्षण तथा सम्बर्धन कार्यबिधि २०७८, बाल कोष संचालन निर्देशिका २०८०, बाल विवाह न्युनिकरण सम्बन्धि घ बर्षीय रणनीति कार्ययोजना २०७८ले निर्धारण गरेका सुचकहरु पुरा गरेपछि शुक्रबार ९ नम्बर वडालाई बाल विवाह निषेधित वडा घोषणा गरिएको हो । रास्कोट नगरपालिका वडा नं ९ को आयोजना पलान इन्टरनेस्नल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा बातावरण विकास केन्द्र( हुरेन्डेक) नेपाल र साधा नेपालको सहजीकरण रहेको कार्यक्रममा नगरपालिकाद्धारा बाल विवाह निषेधित वडा घोषणा गरिएको हो ।

बाल बिबाह कानुनी अपराध भएकाले सामाजिक रुपमा बहिष्कार गरौ, बाल बिबाहका असरबारे समयमै सचेत भई बाल बिबाह नगरौ, नगराऔ भन्ने मुल नारा सहित बिभिन्न कार्यक्रमहरु गरी घोषणा कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष धन बहादुर धामीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख धर्मराज शाही( पोषण), र बिशेष अतिथि नगर उप प्रमुख मनिराज बराल रहेका थिए । अन्य अतिथिहरुमा प्रमुख प्रशासकिय अधिकृत जवान सिंह बम, १ देखि ९ नम्बर वडा सम्मका वडा अध्यक्षहरु, जनप्रतिनिधि,नगरपालिका स्थित सम्पूर्ण राजनीतिक दलका प्रमुखहरु, हुरेन्डेक नेपालका अनुगमन तथा मुल्याङ्कन अधिकृत कटक बहादुर बम, लेखा तथा प्रशासन संयोजक प्रेम बहादुर शाही, सशक्त बालिका परियोजना कार्यक्रम संयोजक डम्बर बोहोरा, फिल्ड सुपरभाइजर गिरेन्द्र शाही, नगरपालिका शाखाका प्रमुखहरु सादा नेपालका अनुगमन तथा मुल्याङ्कन अधिकृत नवराज योगी, पत्रकार, बिभिन्न बिद्यालयका शिक्षक, शिक्षिका, बिद्यार्थी, समाजसेवी, बुद्धिजिबी, नागरिक समाजका सदस्य, स्थानीय, अविभावक, बालबालिका गरी सयौको संख्यामा सहभागीता रहेको थियो ।

कार्यक्रमको संचालन नगरपालिकाकी महिला बाल बालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख सरस्वती वली (बिष्ट) गरेकी थिइन । कार्यक्रममा बालबालिकाहरुले बिभिन्न सांस्कृतिक नृत्य, गित, रयाली, नाराजुलुस बाजागाजा सहित वडा परिक्रम गरी सभामा परिणत भएको थियो । नगरपालिकाले बिभिन्न नीतिहरु जारी गरी बाल अधिकार संरक्षण गर्न, बाल बिबाह तथा बाल हिंसा मुक्त गर्ने कार्यमा निरन्तर रुपमा सरोकारवालाहरुसंग सहकार्य तथा समन्वयमा काम गरिरहेको रास्कोट नगर प्रमुख धर्मराज शाही (पोषण)ले भनाई राखेका थिए । बाल बिबाह तथा बाल हिंसा न्युनीकरण गर्न सबै जना बिशेष गरी अभिभावकहरु सचेत हुनुपर्नेमा नगरप्रमुख शाहीले जोड दिएका थिए ।

शैक्षिक गुणस्तर बृद्धि गरेर मात्र सामाजिक कुरितीहरु कम हुदै जाने बताउदै प्रमुख शाहीले यसका लागी सबै अग्रसर हुनु जरुरी रहेको बताए । बाल विवाह मुक्त वडा घोषणा भैसकेहो अवस्थामा कोही कसैले बाल विवाह गरे गराएमा कानुनले छुट नदिने भएकाले सबैले कानुनको पालना गर्नु पर्ने जानकारी गराएका छन् । बाल बिबाह तथा बाल हिंसा न्युनीकरण गर्न आम नगरवासीको भूमिका उत्तिकै महत्वपूर्ण रहेको नगर उपप्रमुख मनिराज बरालले बताएका छन् । उनले २० वर्ष नपुगेर कोही कसैले लुकेर भागेर विवाह नगर्न सुझाव दिएका छन् ।

उनले उमेर नपुगी जो कोहिले बिहे गरेमा नगरपालिकाले आ आफ्नो घरमा फर्काउने अभियान चाल्ने बताए । हुरेन्डेक नेपालका सशक्त बालिका परियोजना कार्यक्रम संयोजक डम्बर बोहोराले बाल बिबाह चोरी, डकैती जस्तै यक खालको अपराध भएकाले सबै सचेत हुनुपर्ने बताएका छन् । उनले समय फेरीदा पनि अझै हाम्रो समाजमा सामाजिक अपराधको रुपमा रहेको बाल विवाह भइरहेको छ भन्नु लजास्पद भएको बताए ।

बाल विवाह लाई कानुनले बर्जित गरेको बताउदै समुदायबाट बालबालिकाका र बाल विवाहका सवालहरु निराकरण गर्न सबैले आ–आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्नुपर्ने भनाई राखेका थिए । बाल अधिकार संरक्षण तथा बाल विवाहको अन्त्य गर्न हुरेन्डेक नेपाल सदैब सहकार्य, समन्वय गर्न प्रतिबद्ध रहेको पनि उनले बताएका थिए । अन्तमा कार्यक्रम समापन गर्दै कार्यक्रमका सभाअध्यक्ष तथा वडा नं ९ का वडा अध्यक्ष धन बहादुर धामीले बाल बिबाह जस्तो जटिल समस्या समाधान गर्न नगरपालिका, वडा कार्यालय, सबै सरोकारवालाहरुको कर्तब्य र जिम्मेवारी रहेको बताएका थिय ।

उनले बाल विवाह निषेधित वडा घोषणा भइ सकेको समयमा कोही कसैले बाल विवाह गरेमा निजको परिवारलाई राज्य र वडा कार्यालयबाट पाउने सेवा सुविधाबाट समेत बन्चित गर्ने बताएका छन् । अन्तमा आफ्नो वडालाई बाल बिबाह मुक्त वडा घोषणा गर्न महत्वपुर्ण सहयोग गर्ने सहयोगी संघ संस्था लाई धन्यबाद समेत दिएका छन् । कार्यक्रममा बाल विवाह न्युनिकरण तथा रोकथाम गर्न महत्वपूर्ण भुमिका निर्बाह गरेका बिद्यालय, बालबालिका,धार्मिक अगुवा समुह, सहयोगी संस्थाहरु र कर्मचारीलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

error: Content is protected !!