पाँच सदस्यीय बास्केटबलको नेपाली टोली चीन जादै

कालिकोट । छैटौँ एसियाली विश्वविद्यालय ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगितामा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली आज जादैछ ।यही जेठ २९ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन मनीष केसी , निकेश राखाल मगर, सुदीप पौडेल क्षेत्री र श्रेयश शाह चीन जान लागेका हुन्। प्रशिक्षक सुशील गुरुङ त्यसतर्फ जाने भएका छन्।टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले बिदाइ गरेका छन्।

 

error: Content is protected !!