जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको मुद्दा बहस नसकिएपछि हेर्दाहेर्दैमा

कालिकोट । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ ।आज न्यायाधीशद्वय हरिप्रसाल फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ नसकिएपछि पर्सीका लागि पेसी तोकेर मुद्दा हेर्दाहेर्दैमा राखिएको बताईएको छ ।आज यादवका तर्फबाट बहसको सुरुवात भएको थियो । यादव पक्षको तर्क सुनेपछि सरकारी पक्षलाई बहसको समय दिइएको तियो । अशोक राई लगायतको पक्षले समेत बहस गर्न बाँकी भएकाले मुद्दा हेर्दा हेर्दै राखिएको सर्वोच्चको भनाइ छ ।

 

error: Content is protected !!