कालिकोट । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले प्रतिवेदन बुझाएको लामो समयपछी उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ सार्वजनिक गरेको छ। शिक्षा मन्त्री सुमना श्रेष्ठले शुक्रबार उक्त प्रतिवेदन सार्वजनिक भएको जानकारी दिँदै यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।मन्त्रिपरिषद्को २०७५ असार ३२ को निर्णयबाट तत्कालीन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो।उक्त आयोगले ५ महिना ७ दिन समय लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदनलाई संगठित गरी २०७५ माघ १ गते सरकारलाई बुझाएको थियो।