कालिकोट । मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले आफ्नो दाबी पेस गरेका छन्।मुख्यमन्त्रीलगायत मन्त्रालयको बाडँफाँटमा सहमति जुटेको थियो र उनीहरुले ५५ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेको जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादले जानकारी दिएका छन्।एक सय सात सदस्यीय मधेश प्रदेश सभामा एमालेका २४, जनमतका १३, माओवादीका ९ र एकीकृत समाजवादीका ७ र एक–एक प्रदेशसभा सदस्य रहेका संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि नयाँ सरकारलाइ साथ दिएका छन्।उनलाई मधेस प्रदेशका तेस्रो मुख्यमन्त्रीको रुपमा सिंहलाई शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।