पाकिस्तान माथी अमेरिकाको सानदार जित

कालिकोट । आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को समूह चरणमा भएको खेलमा पाकिस्तानलाई सह आयोजक अमेरिकाले सुपर ओभरमा हराएको छ।अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको हो। पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए। सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए थिए।१ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो। अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै खेल बराबर गराएका थिए।अमेरिकाका जितमा कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए। ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए। त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे।गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए।

error: Content is protected !!